पूर्वपत्नीलाई १७ पटक छुरा प्रहार गरी हत्या गर्ने पतिलाई आजीवन कारावास

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
1771734706_UK Couple -1200x560
फाइल तस्विर

बेलायतको एक अदालतले पूर्वपत्नीलाई १७ पटक छुरा प्रहार गरी ज्यान लिने पतिलाई २३ वर्ष ९ महिना जेल सजाय सुनाएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बिचथिसारा वेरागालागेबिचले अलग बस्दै आएकी पूर्वपत्नी बिचनिरोधा निवुनहेलाबिचलाई नयाँ सम्बन्धमा देखेपछि योजनाबद्ध रूपमा कार पार्कमा घातक आक्रमण गरेर ज्यान लिएका थिए।

उनले निरोधालाई घाँटी, अनुहार, छाती, हात र खुट्टामा गरी १७ पटक छुरा प्रहार गरेका थिए। जानकारी अनुसार उनले यसरी हमला गरेका थिए कि चक्कु नै भाँचिएको थियो।

कार्डिफ क्राउन अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाउँदै कम्तीमा २३ वर्ष ९ महिना जेल बस्नुपर्ने फैसला गरेको छ। यो घटना २०२५ अगस्ट २१ को बिहान रिभरसाइड क्षेत्रमा भएको थियो।

३८ वर्षीय वेरागालागे र ३२ वर्षीया निरोधा सन् २०१७ मा श्रीलंकामा विवाह गरेर सन् २०२२ मा बेलायत सरेका थिए। तर वैवाहिक जीवन बिग्रिएपछि निरोधाले अलग बस्न थालेकी थिइन्। त्यसपछि उनी आफ्ना सहकर्मी जेम्स स्टीफनसनसँग सम्बन्धमा रहेकी थिइन्।

वेरागालागेले निरोधाको फोन सन्देश हेरेर जासुसी गर्न थालेका थिए। उनले अलग भइसकेपछि पनि पटक पटक धम्की दिएका थिए। उनले आक्रमण अघि आठ पटकसम्म क्षेत्रको निगरानी गरेको पाइएको छ। हत्याको एक दिनअघि उनले बी एण्ड एम पसलबाट चक्कु सेट किनेका थिए।

न्यायाधीश ड्यानियल विलियम्सले फैसला सुनाउँदै भने, ‘तपाईंले आफ्नो वैवाहिक सम्बन्ध अन्त्य भएको स्वीकार गर्न सक्नुभएन। तपाईंको क्रूर स्वार्थले एउटा यस्तो रिक्तता सिर्जना गरेको छ जुन कहिल्यै भरिने छैन।’

आक्रमणपछि वेरागालागे भागेका थिए, उनले लरीमुनि हाम फालेर आत्महत्या प्रयास समेत गरेको खुलेको छ। तर प्रहरीले उनलाई पक्राउ गर्‍यो। अदालतमा उनले डर देखाउन मात्र खोजेको दाबी गरे पनि यो योजनाबद्ध हत्या भएको ठहर भयो।

निरोधालाई दयालु, मेहनती र धेरैका प्रिय व्यक्तिको रूपमा चित्रण गरिएको छ। उनको परिवारले घटनाले कहिल्यै नभर्ने चोट पुर्‍याएको बताएका छन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित