रौतहटमा दुई समुदायबीच तनाव

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
rautahat
फाइल तस्विर

काठमाडौं- रौतहटको गौर नगरपालिका-६ सबगढवामा दुई समुदायबीच हिंसात्मक तनाव भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेनासहितका सुरक्षाकर्मी परिचालित भएका छन् ।

गतराति एक हिन्दु समुदायको घरमा वैवाहिक कार्यक्रम भइरहेका बेला बाजा बजाउने विषयमा केही व्यक्तिबीच विवाद भएसँगै अवस्था तनावपूर्ण बनेको हो ।

त्यही घटनालाई लिएर शुक्रबार दुई समुदायबीच झडप भएको हो । सबगढा गाउँमा बिहीबार राति एक हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै जन्ती पुगेको थियो ।

सबगढा गाउँस्थित मुस्लिम समुदायको मस्जिदमा रातिको समय नवाज पढिरहेको बेला बाजा बजाएको विषमा भनाभन भएको थियो ।

भनाभनपछि मुस्लिम समुदायका केही मानिसले बाजा बजाउने डिजे ग्रुपका सदस्यहरूलाई कुटपिट गरेका थिए । त्यही विषयलाई लिएर बिहीबार बिहानदेखि दुई समुदायबीच झडप र ढुंगामुढा हानाहान भएको हो । 

झडप नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। झडपका क्रममा केही सर्वसाधारण र प्रहरी घाइते भएका छन्।

घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीसँग झडपपछि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेर सेना खटाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई संयमित रहन आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहानबाटै दुवै पक्ष विवाद र झडपमा उत्रिँदा तनाव भएको हो । घटनापछि अहिले सेनासहितका सुरक्षाकर्मी परिचालन गरिएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले घटनाको पुष्टि गरेका छन् । उता रौतहटका एसपी सीताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी पनि खटिएका छन्।

अहिले अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पाँचसय भन्दा धेरै सुरक्षाकर्मी खटिएका प्रजिअ भुसालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित