चितवनमा शुक्रबारदेखि डेरी एक्स्पो हुँदै

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
474857050_8833797106732173_35247151676984534_n
फाइल तस्विर

चितवनमा शुक्रबारदेखि डेरी एक्स्पो हुँदैछ। दूधको बजार प्रबर्द्धन र विविधीकरणलाई प्राथमिकता दिने उद्देश्यले देशमै पहिलो पटक डेरी एक्स्पो गर्न लागिएको हो।चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघको संयुक्त आयोजनामा भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा हुने एक्स्पोको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नेछन्।

एक्स्पोले दुग्ध क्षेत्रको बृहत् विकासका लागि साझा मञ्च प्रदान गर्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालले बताए। उनले दुग्ध व्यवसायमा नयाँ प्रविधि, नवप्रवर्द्धन, बजार विस्तार र ब्राण्ड प्रवर्द्धनमा एक्स्पोले मद्दत पुग्ने दाबी गरे।

एक्स्पोमा डेरीसँग सम्बन्धित फार्ममा आवश्यक पर्ने सामग्री, उपकरण, डेरी उद्योगमा प्रयोग हुने उपकरण, दूधबाट हुने उत्पादनहरु, निर्यातकर्ता, डेरीलाई सहयोग गर्ने बैंक, बीमा, पशु आहारा, प्याकेजिङ, सप्लायर्सहरु एकै ठाउँमा रहने छन्।‘यसअघि यस्तो प्रदर्शनी हेर्न हामी विदेश जानुपथ्र्यो। अहिले हामीले भारतीयलाई पनि यहीँ ल्याउन लागेका छौं। किसानलाई दुग्ध व्यवसायको विषयमा सहजरुपमा जानकारी दिने प्रयास गरेका हौं,’ बगालेले भने।

कृषि तथा पशुपालनसँग सम्बन्धित राज्यका सम्पूर्ण तहलाई उपस्थित गराएर दुग्ध व्यवसायको प्रबर्द्धनका लागि नीतिगत व्यवस्था गर्न दबाब दिने उद्देश्य पनि रहेको उनले बताए।चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले उत्पादनको बजार प्रबर्द्धन र उद्यमीलाई सहज हुनेगरि नीतिगतरुपमा व्यवस्था गर्न सघाउने काम गर्दै आएको बताए। त्यही क्रममा यसपटक दुग्ध उत्पादन व्यवसायसँग सहकार्य गरिएको उनले बताए। यसअघि चितवन एक्स्पो सेन्टरमा कृषि, मेडिकल, पोल्ट्री, कृषि यन्त्र तथा अटो मोबाइलका प्रर्दशनहरु भइसकेको छ।

‘डेरी एक्स्पोले दुग्ध किसान तथा डेरी प्रडक्टको पनि प्रवर्द्धन गर्छ। यसले किसानहरूलाई व्यवसायीकरणमा सघाउँछ,’ घिमिरेले भने।माघ २७ गतेसम्म चल्ने एक्स्पोमा २१ लाख खर्च हुने अनुमान गरिएको छ। एक्स्पोमा ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित