चितवन –घर तथा भवन बनाउने वा निर्माण सामाग्रीको व्यवसाय गर्ने सोँचमा हुनुहुन्छ ? नारायणी नदी किनारमा जारी चितवन महोत्सव परिसरमा सञ्चालन भएको हार्डवेयर एक्स्पो तपाईलाई फलदायी हुन सक्छ ।

निर्माण सामाग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको आयोजनामा चितवन महोत्सव परिसरमा हार्डवेयर एक्स्पो सञ्चालन भइरहेको छ । एक्स्पो आगामी माघ १० गतेसम्म सञ्चालन हुने छ । घर तथा भवन निर्माण गर्न चाहने सेवाग्राही र व्यवसाय गर्ने योजना बनाएका उद्यमीले निर्माण सामाग्रीबारे कम्पनीका प्रतिनिधिबाटै जान्न र बुझ्न पाउनेछन् । एक्स्पोमा नेपाली उत्पादनलाई प्राथमिकता दिइएको छ ।

गुणस्तरमा उत्कृष्ट प्रमाणित भएका निर्माण सामाग्रीको स्टल एक्स्पोमा रहेको उनले बताए । सेवाग्राही, नयाँ व्यवसायी र कम्पनीबीच सम्बन्ध स्थापित गरी नबुझेका कुरा बुझाउनका लागि एक्स्पो फलदायी हुने उनले विश्वास व्यक्त गरे ।

संघका निवर्तमान अध्यक्ष हरिप्रसाद गैरेले एक्स्पोमा निर्माण सामाग्रीका ३० वटा स्टल रहेको बताए । एक्स्पोमा घर तथा भवन निर्माण गर्दा आवश्यक पर्ने सबै निर्माण सामाग्रीको स्टल रहेको छ । ‘घर तथा भवन निर्माण गर्ने योजना बनाउनुभएका सेवाग्राही वा नयाँ व्यवसायी गर्ने सोँचमा रहनुभएका व्यक्तिले यहाँ आएर निर्माण सामाग्रीको बारेमा कम्पनीको प्रतिनिधिसँग प्रत्यक्ष भेटेर संवाद गर्न सक्नुहुन्छ । आफ्ना जिज्ञासा मेट्न सक्नुहुन्छ’, उनले भने । नेपाल गुणस्तर र अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त निर्माण सामाग्रीहरु एक्स्पोमा राखिएको उनले बताए ।





















Discussion about this post