पूर्वी चितवनको खैरहनीमा यही पुस २९ गतेबाट सुरु हुने दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको छ । महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री बहादुुर सिंह लामाले उद्घाटन गर्ने महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए । थारु समुदायको महानपर्व माघीको अबसर पारेर हरेक बर्ष खैरहनी वडा नं ५ गौचरणमा खिचरा महोत्सव हुँदै आएको छ । थारु संस्कृति जोगाउन आयोजना गरिदै आएको खिचरा महोत्सव पछिल्लो समय साझा सम्पतीको रुपमा विकास भएको संयोजक चौधरीले बताए । १५० वटा स्टल रहने सो महोत्सव परिसरमा थारु समुदायको परम्परागत खाना घोंगी, चिचर र कृषि उत्पादनमा थारु समुदायले प्रयोग गर्ने हलगोरुको प्रतिमा निर्माण गरिएको संयोजक चौधरीले बताए ।
पत्रकार सम्मेलनका प्रमुुख अतिथि थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य बासुुदेव चौधरीले थारु समुुदायको अस्थित्व जोगाउन महोत्सव आयोजना गरिएको बताए । संस्कृति हराए पहिचान मेटिन्छ उनले भने महिचान मेटिए अस्थित्व हराउछ । नेपाल पर्यटन बोर्ड र उद्योग वाणिज्य संघ खैरहनी प्रवद्र्धकको रहेको सो महोत्वको संरक्षकमा खैरहनी नगरपालिका, थारु कल्याणकारिणी सभा, जिल्ला कार्यसमिति चितवन रहेका छन् । आयोजक संस्थाका सचिव सुनिल चौधरीले सञ्चालजन गरेको कार्यक्रममा थाकसकी केन्द्रीय पार्षद चन्द्राकुमारी चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् ।




















Discussion about this post