चितवन महोत्सवमा आज अस्मिता र थानेश्वर आउँदै, साथमा स्थानीय कलाकारको प्रस्तुती पनि

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
5x33-cm-for-Paper-copy-1-1536x232 (1)
फाइल तस्विर

Chitwan Chember chitwanchember.news@gmail.com

AttachmentsSat, Jan 11, 7:21 PM (16 hours ago)

to Chitwan, bcc: me
चितवन, पुष २८
१५ औं संस्करणको चितवन महोत्सव २०८१ नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा जारी छ । महोत्सवको चौंथो दिन  पुष २८ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार दिउँसो २ बजेपछि कलाकार अस्मिता अधिकारी र थानेश्वर गौतमको प्रस्तुती रहने छ । त्यसैगरी बिहान ११ः३० बजेपछि यात्रा/हस्टलरको लाइभ ब्याण्ड रहने छ ।

यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, थारु कल्याणकारी सभा चितवन, नेपाल मगर संघ चितवन, प्रतिभा मञ्च–२०८१ विजेत कावासोती, कविलास इकाइ समिति कविलास चितवन, कलश मन्टेश्वरी चितवन, तमु ह्युल छाेंजु धि चितवन, नेपाल तामाङ धेदुङ चितवन, भुजेल सेवा समिति चितवनको प्रस्तुती रहने छ  । पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित