रत्ननगर । रत्ननगर–१४ अन्तर्गत नगरस्वास्थ्यकेन्द्र, डुम्रीचोकमा निःशुल्क प्रयोगशाला सेवा शुभारम्भ भएको छ । ज्येष्ठ नागरिक वडा–वडामा स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले सो सेवा सञ्चालन गरिएको हो ।
निःशुल्क प्रयोगशाला सेवा शुभारम्भ गर्दै मेयर प्रलाद सापकोटाले कुनै पनि नागरिक स्वास्थ्यसेवाबाट वञ्चित हुनु नपर्ने बताउँदै विशेषगरी ज्येष्ठ नागरिकलाई लक्षित गरी वडा स्वास्थ्यकेन्द्रमा निःशुल्क प्रयोगशाला सेवा प्रदान गरिएको बताए ।

‘कुनै पनि आमाबुबाले एक्लो महसुस गर्नुपर्दैन’, उनले भने, ‘स्वास्थ्य उपचार, खाद्यान्न, पोषणदेखि लत्ताकपडासम्म जे आवश्यक पर्छ, त्यसका लागि तपाईंहरुको छोरो (मेयर) छ । कुनै छोराले आमाबुबा पाल्दैन भने पाल्ने म छु ।’ रत्ननगरमात्रै होइन, पूर्वी चितवनमा कुनै पनि बाआमाको लागि जेजस्तो समस्या परे पनि आफूले सहयोग गर्न तत्पर रहेको उनको भनाइ थियो ।
स्वास्थ्य शाखा सहसंयोजक वासुदेव सापकोटाले सञ्चालन गरेको कार्यक्रममा रत्ननगर–१४ का वडाध्यक्ष होमनाथ रानाभाट, डा. प्रमोद त्रिपाठी, डा. निशान गुरूङ, वडा सदस्य सानु भण्डारी, सुशासन समितिका संयोजक धीरेन्द्रप्रसाद घिमिरे, चमेली परियार, वडा सचिव, वासुदेव रिजाल, अम्बिका पौडेल, दीपेन्द्र विश्वकर्मा, सनसिला बस्नेत, नगरस्वास्थ्यकेन्द्र, डुम्रिचोकका प्रमुख भेषकुमारी न्यौपानेलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा एकसय बढी सेवाग्राहीले निःशुल्क प्रयोगशाला सेवा लिएका थिए




















Discussion about this post