चिसो बढेपछि तराईको जनजीवन प्रभावित

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
cold
फाइल तस्विर

काठमाडौं । हुस्सु र कुहिरोका कारण तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । केही दिनदेखि हुस्सु र कुहिरा लाग्नुका साथै चिसो ह्वातै बढेकाले त्यहाँको जनजीवन प्रभावित बनेको हो ।

तराईका विभिन्न जिल्लामा शीतलहरका कारण कतिपय मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा लगायतका जिल्लाको तापक्रम दिनदिनै घट्दै गइरहेको छ । तराईमधेशका अधिकांश जिल्लामा न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झरेको छ ।

यसैबीच प्रदेश सरकारले चिसो प्रभावित जिल्लाहरुमा आगो ताप्नका लागि दाउरा उपलब्ध गराएको छ । यसैगरि मौसम विज्ञान विभागले शीतलहर, हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित