जोर कुसुम पार्कमा जस्मिनको बृक्षारोपण

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
WhatsApp Image 2025-01-03 at 10.33.52 AM
फाइल तस्विर

चितवनको भरतुरमा रहेको जोर कुसुम पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । जस्मिन पेन्टस् प्रा.ली र नेपाल क्रिकेट यसोसियसन क्यानको सहकार्यमा बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।


नेपाल क्रिकेट यसोसियसन क्यानका सचिब पारस खड्काले बर र पिपलको बिरुवा रोपी कार्यक्रमको उद्धघाटन गरेका थिए ।
भर्खरै सम्मन्न नेपाल प्रिमियर लिग अन्तर्गतका बिभिन्न खेहरुमा भएका चौका र छक्काको संख्या आधारमा बिरुवा रोपिने जस्मिन पेन्टस्को प्रतिबद्धता अनुरुप आज बाट बृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको हो । जस अन्तर्गत ६५३ वटा चौका र ३४३ वटा छक्का रन रहेको थियो ।

कम्पनीका ब्रान्ड एम्बेस्डर समेत रहेका पारसले नेपाली खेल जगतमा जस्मिन पेन्टस्ले गरेको सहयोगले आफुलाई थप होैसला मिलेको बताए । कम्पनीले गरेको योगदानाको कदर गर्दै आगामी दिनहरुमा पनि साथ सहयोगको आवस्यकता रहेको उनले बताए ।
जस्मिन पेन्टस्ले एन पि एल सुरु अघि देखिनै प्रत्येक चौकामा एक बिरुवा र प्रत्येक छक्कामा २ बिरुवा रोपिने प्रतिबद्धता ब्यक्त गरेको थियो ।

कम्पनीको प्रतिबद्धता अनुसार जम्मा १३३९ वटा बिरुवाहरु आज बाट सुरु गरि बिभिन्न स्थानमा लगाउने कम्पनीका संञ्चालक लक्ष्मण अर्यालले बताए ।
नेपाली रंगहरुमा नम्बर वन रंगको नामले परिचय बनाउन सफल जस्मिन पेन्टस््ले समय समयमा यस्ता बिभिन्न खालका सामाजीक कार्यहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित