सौराहाको हात्ती महोत्सवमा जंगली हात्तीको प्रवेश

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
chitwan-hatti-mahotsab-1024x576
फाइल तस्विर

१५ पुस, काठमाडौं । चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेको छ । अन्तिम दिन आज महोत्सव स्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो ।’

बाघमारा सामुदायिक वनको चौरमा रहेको हात्ती महोत्सव समापन समारोह चलिरहँदा कार्यक्रम स्थलमा प्रवेश गरेको हो ।

कार्यक्रम स्थलबाट धपाउने प्रयास भइरहेको छ । तर, मकुना फर्कीफर्की आइरहेको छ । सुरक्षाका लागि नेपाली सेना पनि कार्यक्रमस्थलमै खटिएको छ ।
कार्यक्रममा हात्ती प्रवेश गरेसँगै महोत्सवका पुरस्कार वितरणलगायतका कार्यक्रमहरू स्थगित गरिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित