चितवन – सामाजिक कार्यमा अग्रसर रहेको संस्था ईनर ह्विल अफ नारायणीले गत मङ्सिर ६ गते बिपन्न समुदायका बालबालिकाहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । चितवन स्थित इच्छाकामना – ६, कालीखोलामा रहेको श्री देविभन्ज्यांग राष्ट्रिय आधारभूत बिद्यालयमा अध्यानरत १६३ जना विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेसनरी एवम् खेलकुदका सामाग्रीहरु वितरण गरेको हो । स्वर्गीय मिसिका अर्यालको १० औं स्मृति दिवसको अवसर पारि मिसिका फाउन्डेसन संगको सहकार्यमा बिध्यार्थीहरुलाई प्रोत्साहन स्वरूप उक्त सामाग्री वितरण गरिएको संस्थाकी अध्यक्ष संगीता अर्यालको बताउनु भयो ।


भौगोलिक रुपमा सदरमुकाम भरतपुर र हाईवे बाट नजिकै रहेता पनि बत्ति मुनिको अध्याँरो जस्तै ओझेलमा परेको उक्त बिद्यालयमा चेपाङ समुदायका बालबालिकाहरु अध्यानरत छन् । जाडो समयमा न्यानो कपडा प्राप्त हुँदा बिद्यार्थी तथा अभिभावकहरु हर्षित भएका थिए । कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष अर्यालले बालबालिकाहरु राष्ट्र निर्माणकोलागि भविष्यका कर्णधार भएतापनि घरायसी आर्थिक अवस्थाले गर्दा गास बास र कपास संगसंगै पठनपाठनका लागि उचित अवासर नपाई शिक्षाबाटै बन्चित हुन परिरहेको अवस्थामा संस्थाले गरेको सानो सहयोगले पनि बिध्यार्थी तथा अभिभावकहरुको मनोभावनामा उत्साह थपेको बताउनुभयो । विध्यालायाकी प्रधानाध्यापक ज्ञानु पाण्डेले ईनर ह्विलले गरेको यस सहयोगले विद्यार्थीहरुमा बिद्यालय जानु पर्छ र पढ्नु पर्छ भन्ने भावनाको विकास हुने बताउनुभयो । संस्थाले गरेको यस सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

मनकामना ग्रुप अफ कम्पनि तथा मिसिका फाउन्डेसनका निर्देशक मधुसुदन अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा 1st VDG. MIF लायन नवराज सापकोटा, ईनर ह्विल अफ नारायणीका Charter President तथा District 350 का District Treasure बिनिता भट्टराई, ईनर सुनिता न्युरे, निर्मला बानियाँ, बिष्णु माया अधिकारी, MJF लायन्स माधव प्रसाद पौडेल, लायन्स पवित्रा अधिकारी, नवराज शाही, सुमित्रा बराल लोहनी पानु कुमारी श्रेष्ठ शाही लगायत उपस्थिति रहेको थियो । कार्यक्रम ईनर ह्विल अफ नारायणीकी अध्यक्ष संगीता अर्यालको संयोजकत्वमा सम्पन भएको हो ।





















Discussion about this post