१३ मंसिर, हेटौंडा । मकवानपुर र बाराको सिमानामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईको उकालोमा प्रदेश–२–०३–००१ ख ६७८० नम्बरको मालबाहक कन्टेनर पल्टिँदा सडक पूर्णरुपमा बन्द भएको छ ।
मोबिल बोकेको कन्टेनरले बाटो वारपार पूरै ढाकेको छ । त्यसैले एक घण्टादेखि दर्जनौंको संख्यामा साना–ठूला सवारी गन्तव्यमा पुग्नबाट रोकिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
१९७४ मा निर्मित चुरियामाई सुरुङको वैकल्पिक सडकको रुपमा चुरेको डाँडो काटेर यो सडक निर्माण गरिएको थियो । सडकको दायाँवायाँ चुरे पर्वतले ढाकेको छ । त्यतिबेला साना सवारीलाई भारतबाट काठमाडौं लैजान नेपालका प्रथम स्नातक इन्जिनियर भनिने ब्रिगेडियर जनरल डिल्लीजंग थापाले साढे २ मिटर चौडाइ, ३ मिटर उचाइ र ५०० मिटर लम्बाइको सुरुङ निर्माण गरेका थिए । ४० मिटर क्षेत्रमा पहिरो खसेर लामो समयदेखि बन्द भएको यो सुरुङ मार्गलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बागमती प्रदेश सरकारले पुनर्निर्माण गरेको छ । यद्यपि, सञ्चालनमा आइसकेको छैन ।




















Discussion about this post