चितवन । जस्मिन पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नियुक्त भएका छन् । कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यस अघि नेपालका चर्चित कलाकारहरुलाई समेत ब्रान्ड एम्बेसडर नियुक्ति गरिसकेको अवस्थामा पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास र युवाहरुको चाहना र भावनालाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीहरुलाई पनि थप प्रोत्साहन गर्ने उदेश्यका साथ खड्कासँग सहकार्यका लागि हातहरु अघि बढाएको जनाएको छ ।

खड्कासँग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथ–साथै कम्पनीका उत्पादनहरुलाई प्रवर्द्धन गर्न र बजारीकरण बिस्तारका निमित्त थप टेवा पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।यस सहकार्यले कम्पनीका उत्पादनहरु स्वदेशी रुपमा मात्र परिचित नभई अन्तराष्ट्रिय स्तरमा नै परिचित हुने विश्वास कम्पनीले उल्लेख गरेको छ । विगत ३१ वर्ष देखि निरन्तर नेपाली ग्राहकहरुको सेवामा समर्पित यस जस्मिन पेन्ट्स ‘नेपाली मनको नेपाली रंग’’ स्लोगन बोकेर नेपाल रंगाउदै आएको छ ।

कम्पनीहरु मध्ये कै नम्बर १ पेन्ट्सको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट पुरस्कृत भैसकेको कम्पनीले अझ जिम्मेवार वहन गरि २१ औ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने नवीनतम सोच र प्रविधिका साथ उत्कृष्ठ र गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा पुर्याईरहेको छ ।




















Discussion about this post