गैँडाकोटमा दोस्रो गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव २०८१ हुने

Picture of डोभ नेपाल

डोभ नेपाल

28
SHARES
Gandakii
फाइल तस्विर

गैँडाकोट। गैँडाकोटमा दोस्रो गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव २०८१ हु भएको छ । यहि कार्तिक २३ गतेदेखी मंसिर १० गतेसम्म १८ दिन लामो मेला गर्न लागिएको आयोजक नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो ।

गैँडाकोटमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आर्थिक गतिविधि चलायमान बनाउन एवं नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको बताउनुभयो । आर्थिक मन्दीका कारण व्यवसायी पलायन भएको अवस्थामा महोत्सव सञ्चालन भए पश्चात केही चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । ‘आर्थिक विकासको मूल आधार कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ आयोजित यो मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सभावनाको खोजी तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्य रहेको महासंघका अध्यक्ष भट्टचनले बताउनुभयो ।

मेला अन्तर्गत करिब ३ सयवटा स्टलहरु रहने जनाइएको छ । मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहने छन् ।

मेलामा दैनिक राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम र बाल उद्यान पनि समावेश गरिने बताइएको छ । समुद्घाटनको अवसरमा विभिन्न जातजाति र संस्कृति झल्कने झाँकीहरु प्रदर्शन गरिने छ ।मेलामा १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । सो टिकट खरिद गर्दा मौलाकाली केबुलकारमा ५० प्रतिशत छुट हुने जनाइएको छ । विद्यार्थीलाई ५० र ७० वर्ष माथिकालाई निशुल्क गरिएको छ ।

जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष छवि कँडेलले सहजिकरण गर्नुभएको पत्रकार सम्मेलनमा महासंघका गण्डकी प्रदेश सदस्य झलकराज श्रेष्ठ, जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष दिपक सापकोटा, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठ अर्याल, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्य दवाडी, मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष किरण श्रेष्ठ, गैँडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित