नारायणगढको पाँचतले लायन्स भवन घरधनीले आफैं भत्काउन थाले

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
pungi-khola
फाइल तस्विर

१ कात्तिक । भरतपुरको पुंगी खोला मापदण्डभित्र परेका संरचना घरधनी आफैंले भत्काउन सुरु गरेका छन् । नारायणगढको लायन्स क्लबको पाँचतले भवन पनि घरधनीले नै भत्काइरहेका छन् । भरतपुर महानगरपालिकाका इन्जिनियर सूर्य लामाले लायन्स भवन लगायत अन्य भवनहरु क्रमश: घरधनी आफैंले भत्काउन सुरु गरेको जानकारी दिए । अतिक्रमित संरचना हटाउन पटक पटकको सूचनामा भइसकेकाले आफैं संरचना भत्काउन अनुरोध गरिएको उनले बताए ।

घरधनीले अटेरी गरी संरचना नभत्काए महानगरको ऐन कानुनअनुसार जरिवाना लिइने उनको भनाइ छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले पुंगी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको उल्लेख गरिन् ।

‘अहिले घरधनीहरुले मापदण्ड विपरितका संरचना आफैं भत्काइरहनु भएको छ’, उनले भनिन्, ‘ यो खुसीको विषय हो । महानगरपालिका बल प्रयोग गरेर भत्काउने पक्षमा छैन । अटेर गरे बल प्रयोग गर्न बाध्य हुनेछौ ।’ पुंगी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

गत असोज २ गते भरतपुर महानगरले मापदण्ड विपरितका भोगचलन गरी निर्माण भएका संरचनाहरुमा डोजर चलाएको थियो । तर संरचना धनीले विरोध गरेपछि उनीहरुलाई आफ्नो संरचना आफैं हटाउन एक हप्ताको समय दिएको थियो । दशैसकिए लगतै उनीहरूले संरचना धमाधम घरधनीहरुले भत्काउन थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित