जेलबाट छुटेलगत्तै हत्या

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
kutpit-768x497
फाइल तस्विर

कोहलपुर । बाँकेमा टाउकोबिनाको शव भेटिएको प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले दुई साताअघि जेलबाट छुटेका एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी धर्मराज भण्डारीका अनुसार घटनामा संलग्नताको आशंकामा रोल्पाको माडी गाउँपालिका–६ का २४ वर्षका अनिल परियार पक्राउ परेका हुन् । उनी जबर्जस्ती करणीसम्बन्धी मुद्दामा २ वर्ष ९ महिना जेलमा बसेर यही १३ असोजमा बाँकेको नौवस्ता कारागारबाट छुटेका थिए ।

कोहलपुर नगरपालिका–८ स्थित सरस्वती चोक जाने बाटोमा प्रहरीले २७ भदौमा टाउकोबिनाको शव फेला परेको थियो । लगत्तै प्रहरीले तालिम प्राप्त कुकुरसहित टोली घटनास्थलमा लगेर अनुसन्धान थालेको थियो ।

पछि मृतक कोहलपुरको नहरटोल बस्ने चन्द्रबहादुर कामी भएको खुलेको थियो । उनी सामान्य मजदुरी गरेर गुजारा चलाउँदै आएका व्यक्ति हुन् ।

प्रहरीका अनुसार, पक्राउ परेका परियार बसेको आफन्तको घरको सेप्टिक ट्यांकीबाट मृतकको टाउको र घटनामा प्रयोग भएको हतियारसहित बरामद गरिएको छ ।

सीसी टीभी फुटेजमा कैद भएका थिए आरोपी

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय, बाँकेका एसपी तुलबहादुर कार्कीसहितको टोलीसमेत त्यहाँ पुगेको थियो ।

कोहलपुरका डीएसपी भण्डारीका अनुसार, प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले नजिकैको सीसी टीभी फुटेज संकलन गरेको थियो । जसमा मृतक र हत्या आरोपी दुवै जनाको दृश्य कैद भएको थियो ।

सीसी टीभी फुटेजमा देखिएको हुलियाका आधारमा प्रहरीले संलग्न व्यक्तिको खोजी थालेको थियो । उनको फोटो र हुलियासहित प्रहरीका सबै युनिटलाई खोजीमा परिचालन गरिएको थियो । त्यसक्रममा प्रहरी निरीक्षक हरि भट्टराई नेतृत्वको १५ जना प्रहरी र स्थानीयको टोली मृतकको टाउको खोजीमा परिचालन भएको प्रहरीको भनाइ छ ।

अधिकृतहरुका अनुसार, सीसी टीभीमा आरोपी साइकलमा चढेर आएको देखिएकाले साइकलको खोजी पनि सँगसँगै थालिएको थियो । त्यसक्रममा सोमबार साढे ८ बजे भट्टराईको टोली परियारकी एक आफन्तको घरसम्म पुगेको थियो ।

‘घटनास्थलबाट कम्तीमा ५ सय मिटर पूर्वउत्तरमा रहेको घरमा इट्टा सिमेन्टले बनाएको र रडले ढकन लगाएको सेप्टी ट्यांकीमा शंका लागेर टोलीले खोजतलास ग¥यो’, डीएसपी भण्डारीले भने, ‘त्यसक्रममा मृतकको टाउको, खुर्पा र मृतकले लगाएको सेतो हरियो रङको टिसर्टको घाँटीतर्फको आधा भाग फेला प¥यो ।’

टाउको बरामद भएलगत्तै प्रहरीले भेरी अस्पताल, नेपालगञ्ज पठाएको थियो । अहिले शवको पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित