चितवन – ६७ वर्षको भाले हात्ती लम्बोदर प्रसादले सडकमै प्राण त्यागेको छ । चितवन राष्ट्रिय निकुञ्जको बछौली हात्तीसारमा पालिएको लम्बोदर प्रसादको मंगलवार साँझ कालगतीले मृत्यु भएको निकुञ्जले बताएको छ ।
निकुञ्जमा चरेर हात्तीसारतर्फ आउँदै गर्दा हात्ती सडकमै ढलेको हो । जनकौली मध्यवर्ती सामुदायिक वन नजिकको सडकमा ढलेको हात्तीको शवलाई निकुञ्जले लगेको हो । पूजा र धुपबत्ती बालेर हात्तीको अन्त्येष्टि गरिएको छ ।
मंगलवार निकुञ्जमा जानु अघि भने हात्ती सामान्य अवस्थामै रहेको श्रेष्ठले बताए । सौराहामा आतंक मच्चाइरहेको मकुना हात्तीलाई छल्न बस्तीको बाटो हुँदै फर्किएको लम्बोदर प्रसाद अचानक सडकमा ढलेर प्राण त्याग गरेको हो । भाले हात्तीकाे औसत आयु ६५ देखि ७० वर्ष हुने चिकित्सकहरु बताउँछन् ।




















Discussion about this post