धनुषाधाममा पोखरीमा डुबेकी बालिकाको शव फेला

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
death-body-dhanusha-dham
फाइल तस्विर

८ असोज, जनकपुरधाम । धनुषाको धनुषाधाममा पोखरीमा डुबेर एक बालिका बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ ।

धनुषाधाम नगरपालिका-३ स्थित रहेको पोखरीमा स्थानीय  बिकाउ मण्डलकी १३ वर्षीया छोरी चन्द्रिका मण्डल सोमबार मंगलबार नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार हिजो दिउँसोदेखि नै उनको खोजीकार्य गरे पनि साँझसम्म फेला परेकी थिइनन् । बिहान शव पानीमाथि तैरिएको अवस्थामा फेला परेको हो ।

शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित