चितवन- पुंगी खोला अतिक्रमण गरी निर्माण गरिएको नारायणगढस्थित लायन्स भवन भत्काइएको छ । भरतपुर महानगरपालिकाले डोजर प्रयोग गरी लायन्स क्लबको पाँच तले भवन आज भत्काएको हो ।
अतिक्रमित संरचना हटाउन दिइएको समयभित्र पनि नहटाइएपछि महानगरले बल प्रयोग गरी भवन भत्काएको हो । भवन भत्काउने क्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी पनि उपस्थित भएका थिए । यो भवन तीन धुरमा निर्माण गरिएको हो ।
सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने महानगरको मनसाय रहेको भन्दै लायन्स भवन मापदण्ड विपरित तीन धुरमा निर्माण गरिएको उनले बताइन् । महानगरले पुंगी खाेला साैन्दर्यकरणकाे काम पनि गरिरहेकाे छ ।




















Discussion about this post