दशै जुत्ता चप्पल मेला २०८१ मा ग्राहकहरुको घुइचो :  शनिबार एकैदिन २ हजार बढिले गरे अवलोकन

Picture of डोभ नेपाल

डोभ नेपाल

9
SHARES
jutta-300px-1
फाइल तस्विर

चितवन – भरतपुरमा चलिरहेको बडादशैं तेस्रो जुत्ताचप्पल मेला २०८१ मा आम ग्राहकहरुको घुइचो लाग्न थालेको छ । मेला असोज ०५ गते शनिबार एकैदिन दुई हजार बढिले अवलोकन गरेका छन ।चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा असोज १ गतेदेखी चलिरहेको जुत्ता चप्पल मेलामा सस्तो मुल्यमा गुणस्तरीय  स्वदेशी उत्पादन खरिद गर्न पाइने भएका कारण पनि दिन प्रतिदिन ग्राहकहरुको भिड बढ्दो क्रममा रहेको हो ।

प्रसस्त पार्किङ सुबिधा, वातानुकुलित एसि हल भएका कारण परिवारका सबै सदस्य सङ्गै आएर परिवारका लागि छनी छानी जुत्ता चप्पल किनेर जाने गरेको आयोजक बताउछन ।  स्वदेशी उत्पादन प्रयोग गर्न पाउँदा गर्व महसुस गर्ने भरतपुर -०७ कि अनुराधा कोइराला भन्छिन हाम्रै ठाउँमा ल्याएर यसरी सर्वसुलभ मुल्यमा यति राम्रा राम्रा जुत्ता चप्पलको मेला लगाइदिनु भएको छ हामिले नकिने कस्ले किन्ने भन्दै परिवारका सम्पुर्ण सदस्यको लागि जुत्ता चप्पल खरिद गरेको बताइन् ।
त्यस्तै जागिरको शिलशिलामा चितवन बस्दै आएका लमजुङ्गका भरत घिमिरे भन्छन दशैको लागि जुत्ता चप्पल किन्न आएको हु, यहाँ जुत्ता चप्पल मेला लाग्न थालेको सायद यो तेस्रो पटक हुनुपर्छ सधै यहि आएर खरिद गर्ने गरेको छु

मेला शुरु भएको ५ दिनमा ८ हजार भन्दा धेरैले अवलोकन गरेका छन् भने १ लाख ५० हजारले अवलोकन गर्ने लक्ष्य राखिएको आयोजक बताउछन् ।
मेलामा ८ कम्पनीका ३ हजार भन्दा बढी मोडलका जुत्ता, चप्पल एकै ठाँउमा राखिएको छ । मेलामा १५ देखि ५० प्रतिसत सम्म छुटको व्यवस्था गरिनुका साथै बम्पर उपहारमा एक जनालाई खसी उपहार समेत राखिएको छ । मेला बिहान ०९ बजे देखी बेलुकी ०७ बजे सम्म सन्चालन हुँदै आएको छ भने मेला असोज २४ गते सम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित