
कलेजका प्राचार्य प्रोफेसर इन्जिनियर हरि भण्डारीले स्नातक तहका ६ वटै पोग्रामहरुमा विद्यार्थीहरुको आर्कषण देखिएको बताउनुभयो । उहाँका अनुसार बिसीए, बीएचएम र बीइ कम्प्युटर र बिइ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा विद्यार्थीहरुको आर्कषण बढेको छ ।बुधबार दिउसो तय गरिएको स्नातक तहका विभिन्न विषयहरुको प्रवेश परिक्षाका लागि विद्यार्थीहरुले मंगलबार साझसम्म फारम भरिसकेका छन् ।
मंगलबार साँझसम्म बिई कम्प्युटर, बीएचएम र बिसीएमा सिट क्षमताभन्दा बढि विद्यार्थीहरुले प्रवेश परिक्षाका लागि फारम भरेका छन् ।
बीइ कम्प्युटरका लागि आवश्यक ४३ सिटका लागि ६० जना, बीसीएका लागि आवश्यक ८६ सिटका लागि ९० जना र कलेजको नयाँ प्रोग्राम बीएचमका लागि आवश्यक ४६ सिटका लागि ६० जनाले बुधबार दिउसो प्रवेश परिक्षा दिन लागेको कलेजले जनाएको छ ।यसैगरी बिइ सीभील, बिइ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स र बिबिएका लागि समेत उल्लेख्य मात्रामा विद्यार्थीहरु प्रवेश परिक्षामा सहभागि हुने अक्सफोर्ड कलेजले जनाएको छ ।स्नातक तहका सबै विषयहरुको प्रवेश परिक्षा बुधबार दिउसो १ वजेका लागि तय गरिएको कलेजका प्राचार्य हरि भण्डारीले बताउनुभयो ।
अक्सफोर्ड कलेजले स्नातक तहमा बिसिए, बिबिए, सीभील इन्जिनियरिङ, बीइ इलेक्ट्रेकिल एण्ड इलेक्ट्रोनीक्स र ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ र ब्याचलर अफ होटल म्यानेजमेन्ट पढाई सञ्चालन गर्दै आएको छ । विसं २०५७ सालमा स्थापना भएको कलेजले सफल नेतृत्व, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । पोखरा विश्वविद्यालयले हालसम्म प्रदान गरेका १० वटा गोल्डमेडल मध्ये अक्सफोर्ड कलेजले मात्रै ८ वटा गोल्ड मेडल प्राप्त गर्न सफल भएको छ । यसैगरी कलेजले स्वीजरल्णड, जर्मनी, स्पेन, फ्रान्स, इङल्याण्ड जापान युएई, कागजस्थान अमेरिका र इन्डोनेसियाबाट अन्तराष्ट्रिय स्तरको स्वणपर्दक पदक प्राप्त गर्दै नयाँ रेर्कड समेत बनाएको छ ।
अक्सफोर्ड कलेजले आधुनिक तथा उच्च प्रविधी सहितको भवन निर्माण गरेको, सुविधासम्पन्न कक्षा कोठा तथा ल्याव हाउस तयार गरेको, अध्यापन गराउने शिक्षक तथा कलेजमा हुने अतिरिक्त कृयाकलापहरु समेत अन्र्तराष्टिय स्तरका भएको पाइएको छ । अक्सफोर्ड कलेजका विद्यार्थीहरुले एमबीबीएस तथा ईन्जिनियरिङ अध्ययनका लागि नाम निकाल्न सफल देखिएको तथा कलेजले कक्षा १२ पछिको अध्ययन सँगै रोजगारीको लागि समेत विद्यार्थीहरुलाई अभिभावकीय भूमिका खेल्दै आएको पाइएको छ ।




















Discussion about this post