मोरङको बेलबारीमा जंगली हात्तीको छावा मृत फेला

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
little-elephant-death
फाइल तस्विर

२९ साउन,विराटनगर । मोरङको बेलबारीमा जंगली हात्तीको बच्चा (छावा) मृत फेला परेको छ । बेलबारी नगरपालिका–३ करमडाँडामा मंगलबार बिहान साढे ५ बजेतिर छावा मृत फेला परेको  हो ।

योसँगै पछिल्लो सात महिनामा मोरङ मात्रै ३ वटा जंगली हात्ती मरेका छन् । यसअघि सुन्दरहरैँचा नगरपालिका–६ र १० मा हात्ती मृत भेटिएको थियो । सुन्दरहैचा ६ मा गत ३० जेठमा भाले  छावा मृत भेटियो थियो । १६ पुस २०८० मा सुन्दरहरैंचा–१० को जनजागरण सामुदायिक वनमा गोली हानेर मारेको अवस्थामा करिब १२ वर्षीय जंगली हात्ती मृत फेला परेको थियो ।

सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख एवं वन अधिकृत दिपेशकुमार मिश्रका अनुसार आज मृत भेटिएको पोथी छावा अनुमानित २–३ वर्षको देखिन्छ । छावाको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षको टोली पुगेपछि मृत भेटिएको छावाको पोष्टमार्टम हुनेछ । प्रहरीका अनुसार घटनास्थल वरपर सोमबार राति १०–१२ वटा हात्ती देखा परेको थिए ।  एकसाता यता बेलबारी आसपासमा जंगली हात्तीको बथान देखिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित