२८ साउन, गोरखा । मर्मत सम्भारका लागि भन्दै गत असार ३१ गतेदेखि मनकामना केवलकार बन्द छ । बन्दका कारण मन्दिर आउने भक्तजनको संख्या ह्वात्तै घटेको छ ।
तुलनात्मक रुपमा करिव ६० प्रतिशतले भक्तजन घटेको मनकामना मुल पुजारी इन्सान थापा मगरले बताए । ‘यो बर्षाको समय अफसिजन भएकाले अन्य महिनाजस्तो भक्तजनको चाप त हुदैन’, उनले भने, ‘तर पनि पोहोरको तुलनामा अहिले ६० प्रतिशतले भक्तजन घटेका छन् ।’
भक्तजनको संख्यामा मात्र होइन केवलकार बन्दको प्रभाव मनकामना क्षेत्रको व्यापार व्यवसायमा पनि परेको छ । भक्तजन कम भएकै कारण अहिले अधिकांश रेष्टुरेष्ट तथा लजहरु बन्द छन् ।
अधिकांश व्यवसायी होटलको मर्मत संहारमा जुटेको उनले जानकारी दिए । मोटरबाटोबाट पुरानो बजार हुँदै मन्दिर पुग्ने बाटोका केही पसलहरु भने खुला रहेको उनले बताए । केवलकार बन्द भएकाले अहिले मन्दिर जाने भक्तजनले सडक मार्ग प्रयोग गरेका छन् । पक्की सडक नभएका कारण पनि मन्दिर आउने भक्तजनको कमी भएको जोशी बताउँछन् ।
‘रामशाहघाटको बाटो कालोपत्रेका लागि भनेर अहिले बन्द गरेको छ, मनकामना जाने अरु कच्चि सडकहरु पनि बर्षाले बिगारेको भएर भक्तजनहरु गाडी बाटो प्रयोग गर्न खासै मन्दिर जान खोज्दैनन्’, उनले भने ।
भक्तजनको कमी भएसँगै व्यापार व्यवसाय ठप्प बनेको गोरखा उवासंघ मनकामना बजार इकाइका अध्यक्ष लिलाम्बर थापाले बताए । केवलकार बन्दको प्रभावले मनकामना क्षेत्र सुनसान बनेको उनले जानकारी दिए ।




















Discussion about this post