खानेपानी महसुल वृद्धिको निर्णयबाट पछि हटे हर्क

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
286964286-1444531872635352-1694801862797131659-n-1
फाइल तस्विर

२८ साउन, काठमाडौं । खानेपानी महसुल वृद्धिको निर्णयबाट धरान उपमहानगरपालिका पछि हटेको छ ।

आइतबार राति अबेरसम्म चलेको १० दलका प्रतिनिधि र नगरप्रमुख हर्क साम्पाङबीच भएको वार्तामा महसुल वृद्धिको निर्णय फिर्ता लिने लगायतका तीन बुँदे सहमति भएको हो ।

वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, सात दिन भित्र खानेपानी बोर्डको हिसाब सार्वजनिक गर्ने र बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने सहमति भएको वार्तामा सहभागी एक जनाप्रतिनिधिले जानकारी दिए ।

यो सहमतिसँगै तीन सातादेखि आन्दोलनमा उत्रिएका दल र स्थानीय उपभोक्ताले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । वार्तामा भएको सहमति आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदै छ ।

वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, खानेपानी बोर्डको पूर्णता बारे उच्च अदालतको फैसला मान्ने र सात दिन भित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।

आइतबार दिउँसो साढे २ बजेदेखि सुरु भएको वार्ता राति अबरेसम्म चलेको थियो । उपमहानगरपालिका कार्यालयभित्र वार्ता भइरहेका बेला बाहिर आन्दोलनरत उपभोक्ता र दलका प्रतिनिधिहरुले धर्ना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित