भरुवा बन्दुकसहित तीन जना पक्राउ

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
images
फाइल तस्विर

दाङ — भरुवा बन्दुकसहित दाङमा तीन जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–४ ठूलाखालीस्थित गादीबरा सामुदायिक वनबाट तुलसीपुर–४ सुनवलपुरका ३६ वर्षीय टंक थापा र २९ वर्षीय युवराज गिरी भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट एक भरुवा बन्दुक र २१ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राम प्रसाद तिमल्सिनाले बताए । शनिबार राति वनमा शंकास्पदरुपमा केही व्यक्तिहरु हिडिरहेको भन्ने सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी पोष्ट गोठीखोलाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको उनले जानकारी दिए ।
यसैगरी राजपुर गाउँपालिका–४ फोहराका इच्छा कुमार रैदासलाई आइतबार दिउँसो एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको डिएसपी तिमल्सिनाले बताए ।

स्थानीय वनशक्ति सामुदायीक वनमा शिकार खेल्न गइरहेको अवस्थामा रैदासलाई इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी चङ्गवाबाट खटिएको प्रहरीले फेला पारेको उनले बताए । तीनै जनालाई थुनामा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित