अङ्कुरम् एकेडेमीमा पहिलो संस्करणको अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ’ कार्यक्रम हुँदै

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
WhatsApp-Image-2024-08-08-at-19.30.32_71215408-e1723167108451
फाइल तस्विर

चितवन, साउन २५- भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा पहिलो संस्करणको ‘अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ’ कार्यक्रम आजदेखि सुरू हुँदैछ । कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिका-१० का वडाध्यक्ष परमेश्वर खनालले गर्ने तय भएको छ ।

अङ्कुरम् एकेडेमीले पहिलो पटक आयोजना गर्न लागेको अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघ (अङ्कुरम्–मोडेल युनाइटेड नेसन, एएमयुएन) कार्यक्रममा चितवनसहित बाहिरी जिल्लाबाट समेत गरी २८० विद्यार्थीहरुको सहभागिता रहने विद्यालयले जानकारी दिएको छ । उक्त नमुना अभ्यास कार्यक्रममा २३८ जना प्रतिनिधिले संयुक्त राष्ट्रसंघका छवटा अङ्गहरुमध्ये पाँचवटा अङ्गमार्फत विभिन्न देशको प्रतिनिधित्व गर्नेछन् ।

देशभरका विभिन्न विद्यालयबाट सहभागी प्रतिनिधिहरुले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (युएनएससी), संयुक्त राष्ट्रसंघ पर्यावरण कार्यक्रम (युएनइपी), संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् (युएनएचसीआर), संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रतिनिधित्व गर्ने कार्यक्रम तय भएको एएमयुनका महासचिव सहप्राचार्य ओमराज मैनालीले जानकारी दिए ।

पाँचवटा अङ्गहरुको प्रतिनिधित्व गर्ने प्रतिनिधि आवासीय र गैरआवासीय गरी दुई किसिमका रहेको कार्यक्रम संयोजक अर्जुन जी शर्माले जानकारी दिए ।

उक्त अभ्यास कार्यक्रमबाट विद्यार्थीमा अनुसन्धान गर्ने बानीको विकास, वादविवाद गर्ने क्षमताको विकास, कुटनीतिक सीपको विकास, समालोचनात्मक चिन्तनको विकास, सामाजिकीकरण र विश्वव्यापी समस्याहरुको जानकारी लिने क्षमताको विकास हुने कार्यक्रमका सल्लाहकार प्राचार्य सुमन पौडेलले बताए ।

कार्यक्रममा राष्ट्रसंघका सम्बन्धित अङ्गहरुको प्रतिनिधित्व गर्ने प्रतिनिधिले सोको क्षेत्राधिकार र काम, कर्तव्यबारे अनुसन्धान गर्ने, इतिहास र वर्तमानको अध्ययन गर्ने र विश्वव्यापी समस्याको समाधानका लागि भविष्यमा लागू गर्नुपर्ने कार्यक्रमहरुको पनि तय गर्ने कार्यक्रमका चेयर कक्षा १० का विद्यार्थी अविप्श्या कार्कीले जानकारी दिइन् ।

अभ्यास गर्न लागिएका संयुक्त राष्ट्रसंघका पाँचवटा अङ्गहरुमध्ये प्रत्येक अङ्गमा ४५ जना विद्यार्थीको प्रतिनिधित्व रहनेछ भने प्रत्येक अङ्गका प्रतिनिधिले विभिन्न देशको प्रतिनिधित्व गर्नेछन् । जसमध्ये संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का प्रतिनिधिले जातिवाद उन्मूलनका लागि जात व्यवस्थाविरूद्ध लड्ने रणनीति तय गर्ने, संयुक्त राष्ट्रसंघ पर्यावरण कार्यक्रम (युएनइपी)का प्रतिनिधिले प्लाष्टिकका अवशेष र पानीमा यसको मिसावटले पार्ने प्रभावलाई कम गर्ने रणनीति तय गर्नेछन् ।

त्यसैगरी, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (युएनएससी)का प्रतिनिधिले इजरायल–प्लालेष्टाइन द्वन्द्वमा दिगो शान्तिको प्रयाससम्बन्धी रणनीति तय गर्ने, संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)का प्रतिनिधिले गुणस्तरीय शिक्षामा प्रत्येक बालबालिकाको पहुँच पु¥याउने रणनीति निर्माण गर्ने र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रतिनिधिहरुले विश्वव्यापी मानसिक स्वास्थ्य संकटलाई सम्बोधन गर्दै सोका लागि स्रोत र समर्थन जुटाउने रणनीति तय गर्ने विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलले जानकारी दिए ।

विभिन्न जिल्लाबाट सहभागी हुने प्रतिनिधिहरुले वर्तमानका विश्वव्यापी समस्याहरुको अध्ययन गरी ती समस्याहरुको समाधानसमेत सुझाउने छन् । कार्यक्रमको आइतबार समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित