एक पाकिस्तानी नागरिकलाई पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञको हत्याको षड्यन्त्र गरेको आरोप लागेको छ। एफबिआईका निर्देशक क्रिस्टोफर रेले हत्याको षड्यन्त्र इरानसँग जोडेका छन्।
४६ वर्षीय आसिफ मर्चेन्टलाई अमेरिकाका प्रख्यात राजनीतिज्ञको हत्या गर्न न्युयोर्कमा हिटम्यान हायर गर्ने प्रयास गरेको आरोप लागेको हाे।
रिपब्लिकन उम्मेदवारको हत्याको षड्यन्त्रमा इरानको संलग्नता पत्ता लागेपछि अधिकारीहरूले जुनमा ट्रम्पको सुरक्षा बढाएका थिए।
मंगलबार एफबिआई निर्देशकले कुनै पनि राजनीतिज्ञ वा कुनै अमेरिकी नागरिकको हत्या गर्ने विदेशी षड्यन्त्र हाम्रो राष्ट्रिय सुरक्षाको लागि खतरा भएको र यसको सामना गर्न एफबिआइले आफ्नो पूरा स्रोत प्रयोग गर्ने बताए।
आसिफ मर्चेन्टलाई जुलाईमा पक्राउ गरी हाल न्यूयोर्कमा राखिएको छ।
पेन्सिलभेनियामा चुनावी र्यालीमा क्रममा भाषण गरिरहेका बेला पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको थियाे। उनकाे दाहिने कानमा गाेली लागेकाे थियाे।




















Discussion about this post