स्कुल बसको ठक्करबाट मोरङको रंगेलीमा साइकल यात्रीको मृत्यु

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
accident-768x466
फाइल तस्विर

२० साउन, विराटनगर । स्कुल बसको ठक्करबाट मोरङको रंगेलीमा साइकल यात्रीको मृत्यु भएको छ ।

आइतबार बिहान विद्यार्थी लिनका लागि विराटनगरबाट जाँदै गरेको अरनिको स्कुलको गाडीले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागञ्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो ।

तीब्र गतिमा रहेको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा आइतबार बिहान ९ः४५ बजेतिर ठाकुर सवार साइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित