मसला रुख काट्न महोत्तरीको मनराशिसवा नगपालिकाको सूचना

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
masala-sapeta-tree
फाइल तस्विर

१६ साउन, काठमाडौं । महोत्तरीको मनराशिसवा नगरपालिकाले समला (सपेता)को रुख काट्न सार्वजनिक सूचना जारी गरेको छ । नगरपालिका क्षेत्रमा भएका मसलाका रुख ३ महिनाभित्र सबै रुख काटिसक्न नगरपालिकाले मंगलबार सूचना जारी गरेको हो ।

नगरपालिकाको १२औं नगरसभाले मसलाको रुख विस्थापन गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।नगरपालिकाले जारी गरेको सूचनामा सपेता मसला रुखले जमीनको उर्बराशक्ति घटाएको, धेरै पानी सोस्दा जमीनमा बाँझोपन बढेको उल्लेख गरेको छ । तोकिएको म्यादभित्र आफैं सपेताको रुख नकाटे नगरपालिकाले नै कर्मचारी र नगरप्रहरी खटाएर काट्‍ने समेत जनाएको छ ।

मसला रुखले पानीको स्रोत सुकाएको र जमीनको उर्बराशक्ति घटाएको भन्दै पछिल्लो समय मधेशका विभिन्न पालिकाले उक्त रुख विस्थापन गर्ने अभियाननै चलाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित