आमा छोरा मिलेर धनुषामा एक व्यक्तिको हत्या

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
images
फाइल तस्विर

काठमाडौं । आमा छोरा मिलेर धनुषामा कुटपिट गरि एक व्यक्तिको हत्या गरेका छन् । धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको हो ।

उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन् । स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाले घरमै गएर ठाकुर दम्पत्तीलाई सोमबार कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका ठाकुरको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थियो । कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित