१४ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा पनि हुनसक्ने छ ।
महाशाखाका अनुसार अरु बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
काठमाडौं उपत्यकामा आज बिहानैदेखि घाम लागेको छ । अपराह्न भने बदली र वर्षाको सम्भावना रहेको मौसमविदको पूर्वानुमान छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग नजिक आउने सम्भावना रहेकाले केही स्थानमा भारी वर्षा हुनसक्ने बताएका छन् । उनका अनुसार मध्य तराई/चुरे क्षेत्रमा सोमबार राति भारी वर्षाको सम्भावना छ ।




















Discussion about this post