बस खोज्ने क्रममा त्रिशूलीमा हराएको चुम्बक भेटियो

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
thumb
फाइल तस्विर

चितवन — सिमलतालमा बेपत्ता बस खोज्ने क्रममा त्रिशूली नदीमा हराएको चुम्बक  भेटिएको छ । सिँदुरेगैरामा आएको पहिरोमा परेर त्रिशूलीमा हराएका दुईवटा बस खोज्न आएका भारतीय प्राविधिकहरूले प्रयोग गर्दा नदीमा बगेर हराएको १९ किलोको चुम्बक भेटिएको हो ।

बगेको चुम्बक र लाइफ ट्युब नारायणगढदेखि तल शिवघाटनजिकको काब्रेघाट नारायणी नदीमा भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । भारतीयले शनिबार १९ र १४ किलाका दुईवटा चुम्बक प्रयोग गरेर सिमलताल क्षेत्रमा बसको खोजी गरेका थिए । शनिबार नै एउटा चुम्बक बगेको थियो ।
असार २८ गते शुक्रबार बिहानपख साढे ३ बजेतिर नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सिमलताल क्षेत्रबाट पहिरोमा परेर दुई यात्रु बस र ती बसमा रहेका ६५ मध्ये ६२ यात्रु त्रिशूलीमा बगेका थिए । बसको खोजीमा चारजना गोताखोर र तीनवटा सोनार क्यामेरासहित आएको भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ)को १२ सदस्यीय टोलीले साउन ६ गतेदेखि सिमलताल क्षेत्रबाट खोजी सुरू गरेको थियो ।

एक हप्ता खोज्दा पनि बस पत्ता नलागेपछि हिजो आइतबार भारतीय टोली फर्किइसकेको छ । हराएका यात्रुको खोजीमा रहेको सुरक्षा टोलीले २५ वटा शव फेला पारेको थियो । तीमध्ये १९ वटा शव मात्र हराएका बसको यात्रुको भएको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित