चितवन –चितवनको भरतपुरमा नम्बर नखुलेको सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कलाकार चण्डीप्रसाद अधिकारी ( गोबिन्द ) को सवारी दुर्घटनामा मृत्यु भएको हो । भरतपुर महानगरपालिका वडा नं. ७ प्रेमबस्ती बस्ने ५० वर्षका अधिकारी सवार बागमती प्रदेश ०६-००३ प ६८३९ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको हो ।मृतक अधिकारी कलाकार तथा फेन्सी ब्यवसायी हुन् । भरतपुर १० स्याउली बजारमा रहेको जेनिसा फेन्सी उनैले संचालन गर्दै आएका थिए ।
गएराति ११ः५५ वजे भरतपुर ८ अशोकचोकमा भएको दुर्घटनामा परि गम्भिर घाइते भएका उनको उपचारको क्रममा नयाँ मेडिकल कलेजमा विहान २ वजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने सवारीसाधनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post