चितवन –भरतपुरको बोस्टन इन्टरनेसनल कलेजले ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) कोर्स सुरु गरेको छ ।
अगस्टदेखि सुरु हुने बिएचएम कार्यक्रममा कलेजले विद्यार्थीलाई होटल व्यवस्थापन, कार्यक्रयम योजना, खाना तथा पेय व्यवस्थापन लगायत अतिथि सत्कारका भूमिका बारे अध्ययन गराउने बिएचएम कार्यक्रयमका सह–संयोजक बिमल अर्यालले जानकारी दिए । उनका अनुसार कलेजले विद्यार्थीलाई नेपाल र विदेशका पाँच तारेहोटलहरुमा इन्टर्नशिप र रोजगारको ग्यारेन्टी गर्ने लक्ष्य लिएको छ । जसमा चीन, दुबइ, कतार, बहराइन, युरोप, अमेरिका, र अष्ट्रेलिया जस्ता देशहरूका प्रतिष्ठित होटलहरुमा विद्यार्थीहरुलाई रोजगार व्यावस्थापन गर्नको लागी होटलसँग समझदारी गर्ने क्रममा रहेको अर्यालले बताए ।
भरतपुर महानगरपालिकाका पर्यटन सल्लाहकार डा विश्व सुवेदीले नेपालको संस्कृति, सभ्यातासँग जोडिएको शिक्षालाई कलेजले पाठ्यक्रममा राखेर यस क्षेत्रका विद्यार्थीमा नयाँ उत्साह थपेको बताए । कलेजले नेपालमा हस्पिटालिटी शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याउने उनले विश्वास व्यक्त गरे ।




















Discussion about this post