महिला एशिया कप क्रिकेटमा आज श्रीलङ्का र मलेसिया तथा थाइल्यान्ड र बङ्गलादेश खेल्दै

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Womens-Cricket-Asia-Cup_final__ajOo7Zfs3g
फाइल तस्विर

काठमाण्डाै – महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगितामा आज समूह ‘बी’ का दुई वटा खेल हुँदैछन् ।

दिउँसो पौने ३ बजे हुने पहिलो खेलमा श्रीलङ्का र मलेसियाबीच प्रतिस्पर्धा हुने छ । श्रीलङ्का दुई अङ्कका साथ समूहको दोस्रो स्थानमा र पहिलो खेल हारेको मलेसिया अङ्कविहीन हुँदै पुछारमा छ ।

यस्तै आजै बेलुका सवा ७ बजे थाइल्यान्ड र बङ्गलादेश खेल्दैछन् । पहिलो खेल जितेको थाइल्यान्ड दुई अङ्कका साथ रन रेटका आधारमा पहिलो स्थानमा छ । पहिलो खेल हारेको बङ्गलादेश तेस्रो स्थानमा छ ।

प्रतियोगिताअन्तर्गत हिजो भएको खेलमा नेपाल पाकिस्तानसँग नाै विकेटले पराजित भएको छ । हिजै भएको पहिले खेलमा भारतले यूएइलाई ७८ रनले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित