विराट र रोहितले सन् २०२७ को विश्वकप खेल्ने!

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
birat
फाइल तस्विर

भारतीय क्रिकेटका दिग्गज विराट कोहली र रोहित शर्माले सन् २०२७ मा हुने विश्वकप क्रिकेट खेल्ने भएका छन्।

श्रीलङ्का भ्रमणमा जानु अघि सोमवार आयोजित पत्रकार सम्मेलनमा भारतीय क्रिकेटका मुख्य प्रशिक्षक गौतम गम्भीरले कोहली र रोहितले सन् २०२७ मा हुने एक दिवसीय विश्वकप क्रिकेट खेल्ने बताएका हुन्।

दुबै क्रिकेटरले आफ्नो फिटनेशलाई कायम राख्न सके भने आगामी एक दिवसीयमा आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

उनले भने, ‘मलाई लाग्छ दुबै क्रिकेटरले के गर्न सक्छन् भन्ने पुष्टि टी–२० विश्वकप र एकदिवसीय विश्वकपमा गरिसकेका छन्। त्यसकारण दुबैमा अहिले पनि धेरै नै क्रिकेट बाँकी छ। विशेषगरी च्याम्पियन्स ट्रफी र अस्ट्रेलिया भ्रमणको क्रममा त्यो हेर्न सकिन्छ।’

उनीहरू निकै प्रेरित छन् र विश्वपकसम्म आफ्नो फिटनेश कायम राख्न सक्छन् भन्दै गम्भीरले रोहित र विराटको यो नितान्त व्यक्तिगत निर्णय हुने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित