दक्षिणकालीको केराबारी खोंचमा २ जना मृत फेला

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
images
फाइल तस्विर

२४ जेठ, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ केराबारीको खोंचमा २ जनाको शव फेला परेको छ । प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका अनुसार फेला परेको शव एकजना महिला र अर्को पुरुषको हो ।

प्रहरीका अनुसार नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । अप्ठ्यारो खोंच भेटिएका शव प्रहरीको टोलीले निकाल्दैछ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित