भरतपुर महानगर जनप्रतिनिधि र चीनको छोङछिङसहरका राजनीतिक परामर्श पदाधिकारी बीच भेटघाट सम्पन्न

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Renu__xEcVwJXUPN_DdlCqsgKpa
फाइल तस्विर

चितवन, ११ जेठ – भरतपुर महानगरपालिकाका जनप्रतिनिधि र चीनको छोङछिङसहरका जनसरकारका राजनीतिक परामर्श समितिका पदाधिकारी बीच भेटघाट सम्पन्न भएको छ । चीन भ्रमण रहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग छोङछिङ सहरका सरकार राजनीतिक परामर्श समितिका अध्यक्ष चेङ लिहुवाले भेट गर्नुभएको हो ।

भेटघाटका क्रममा उहाँहरु बीचमा दुई सहरबीच सुरुआत भएको भगिनी सम्बन्ध, भौतिक पूर्वाधार, सूचना प्रविधि, शिक्षा, कृषि, पर्यटन, हरियाली वातावरणलगायतका क्षेत्रमा सहकार्य र लगानीका सम्भावित क्षेत्रमा कुराकानी भएको जनाइएको छ । सो अवसरमा महानगर प्रमुख दाहालले अध्यक्ष लिहुवालाई भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा भरतपुर भ्रमणको निमन्त्रण दिनुभएको थियो ।

सो अवसरमा भरतपुर महानगरपालिकाका तर्फबाट उपप्रमुख चित्रसेन अधिकारी, महानगरका कर्मचारी, चीनस्थित नेपाली महावाणिज्य दूतावासका कर्मचारीको सहभागिता रहेको भरतपुर महानगरपालिकाले जनाएको छ ।  (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित