चितवन, २८ वैशाखः भरतपुर महानगरपालिका वडा नम्बर २४ र २३ जोड्ने केरुङ खोलामा मोटरेवल पुलको उद्घाटन गरिएको छ । बागमती प्रदेशका भैतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।त्यस अवसरमा उहाँले पूर्वाधार विकासमा जनतालाई अनुभूति दिने गरी प्रदेश सरकार लागि परेको बताउनुभयो ।

प्रदेश सरकारले छ वटा बहुवर्षीय योजनाका काम गरिरहेको जानकारी दिँदै उहाँले कम बजेटमा अपेक्षाअनुसार काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर २४ का वडाध्यक्ष राम गेलाललगायतले यस क्षेत्रको विकासका लागि पुल सहयोगी बन्ने बताउनुभयो ।

माडी भरतपुर जोड्ने पहिलाको सडक भएकाले विकास हुन आवश्यक रहेको उहाँहरुले बताउनुभयो । माडी जोड्न राप्ती नदीमा पुल निर्माण गर्नु आवश्यक रहेको उहाँहरुले बताउनुभयो । रु सात करोड ९८ लाख १८ हजारको लागतमा निर्माण गरिएको पुल ७४ मिटर लम्बाइ र फुटपाथसहित आठ दशमलव चार मिटर चौडा रहेको छ । विसं २०७९ चैत १९ गते सम्झौता भई निर्माण सुरु भई सम्पन्न गर्नुपर्ने समयभन्दा छ महिनाअगावै पुल निर्माण सम्पन्न भएको हो । रासस




















Discussion about this post