डलरको मूल्य हालसम्मकै उच्च, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
images
फाइल तस्विर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च रहेको छ । मंगलबारको तुलनामा डलरको मूल्य १३ पैसाले बढेर रेकर्ड बनाएको हो ।

बुधबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ ।
यूरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्री दर १४२ रुपैयाँ ४५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०५ पैसा रहेको छ भने बिक्री दर १६६ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित