मनहरीमा गैँडाको आक्रमणबाट युवक घाइते

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
gaida
फाइल तस्विर

मकवानपुर, ३ वैशाख : मकवानपुरको मनहरी गाउँपालिका–७ का एक युवक गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । मनहरी–७ का ३२ वर्षीय रमेश बोटे आज बिहान ६ बजे आफ्नो खेतमा पानी लगाउन गएको समयमा गैँडाको आक्रमणमा परेका थिए ।

आक्रमणबाट गम्भीर घाइते उनलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । मनहरी खोलाको नदी उकास जमिनमा धानखेतमा पानी लगाउन गएका बोटेलाई गैँडाले आक्रमण गरेको थियो ।

स्थानीयले लगत्तै प्रहरीलाई खबर गरेका थिए । मनहरीको प्रहरी टोलीले घाइते बोटेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र पु¥याएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित