‘इन्टरनेशनल मेयर अवार्ड’ थाप्न रेनु दाहाल बेलायत जाँदै, मन्त्रिपरिषद्ले दियो अनुमति

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
thumb
फाइल तस्विर

भरतपुर : भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल अवार्ड थाप्न बेलायत जाने भएकी छन् । आज बसेको संघीय मन्त्रिपरिषद् बैठकले मेयर दाहालको भ्रमण प्रस्ताव स्वीकृत गरेको छ ।

त्यस्तै दाहालले मार्च ९ मा लेष्टर सिटी काउन्सिल र मार्च १० मा लन्डनको रोयल ग्रीनवीच बरोको अवलोकन भ्रमण गर्नेछिन् । मार्च ११ मा नेपाली तथा बेलायती व्यवसायी एवम् लगानीकर्तासँग अन्तरक्रिया हुनेछ ।

एक साता लामो बेलायत भ्रमणका क्रममा मेयर दाहालले त्यहाँका केही स्थानीय निकायहरूको अवलोकन भ्रमण गर्नेछिन् । साथै राजनीतिक व्यक्तिहरूसँग भेटघाट र नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित