भरतपुर महानगरपालिका–७ कृष्णपुरका एक जनाले नारायणी पुलबाट आज बिहान हामफालेका छन् । पुलको बीचबाट नदीमा हामफालेका ६० बर्षका गंगाधर भुसाललाई नारायणगढ प्रहरीले सकुशल उद्धार गरेको छ ।
भुसाललाई उद्धार गरी भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । औषधि सेवन गरिरहेका भुसालको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post