काठमाडौं । सरकारले देशभर दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको छ । कोरोना महामारीको समयमा बालबालिकाले नियमित खोप लगाउन नपाउँदा केही जिल्लामा दादुरा फैलिएको थियो ।
सरकारले दादुरा धेरै फैलिएको काठमाडौं उपत्यकाका ३ र तराई मधेशका २१ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई यो खोप लगाउन अभियान सञ्चालन गर्दैछ ।
भूकम्पबाट प्रभावित रुकुमपश्चिम र जाजरको
टमा भने खोप लगाइसकिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना महामारीको समय र त्यसपछि तराई मधेशका जिल्लाका बालबालिका दादुरा–रुबेलाविरुद्धको खोप लगाउन छुटेका छन् । सरकारको नियमित खोप अभियान अन्तर्गत दादुरा–रुबेलाविरुद्धको खोप बालबालिका ९ महिना हुँदा र १५ महिना हुँदा गरी दुई पटक दिइन्छ ।
परिवार कल्याण महाशाखाले गरेको एक अध्ययनले १५ वर्षमुनिका बालबालिकामा रोगसँग लड्न सक्ने क्षमता कम भएको पाइएकाले दादुराको संक्रमण देखिएको जिल्लामा १५ वर्षसम्मका लागि खोप दिन लागिएको डा. गौतमले बताए ।




















Discussion about this post