घरमाथि लरी पल्टिँदा तीन बालबालिकाको मृत्यु

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Morang-accident
फाइल तस्विर

विराटनगर — शुक्रबार औद्योगिक कच्चा पदार्थ बोकेको लरी घरमाथि पल्टिँदा मोरङको बूढीगंगा–४ को प्रगतिटोलमा एकै परिवारका दुईसहित ३ जना बालबालिकाको मृत्यु भएको छ ।

सुनसरी–मोरङ सिँचाइ योजनाको नहर हुँदै कोयलपुर जाने सडकखण्डमा मार्बल उद्योगको कच्चा पदार्थ ढुंगा बोकेको आरजे २९ जीबी १५६१ नम्बरको लरी नहरसँगै जाडिएको ज्योति अधिकारीको घरमाथि पल्टिँदा अधिकारीका ४ वर्षीया छोराछोरी इसिता र निशान्तको मृत्यु भएको प्रहरीले जनाएको छ । इसिता र निशान्त जुम्ल्याहा हुन् ।

त्यस्तै छिमेकी सन्जु खवासका १० वर्षीया छोरी रिहा खवासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित