चितवनको भरतपुरमा रहेको फोर्ब्स कलेजले आयोजना गरेको तेस्रो संस्करणको अन्तर कलेज कुलिनरी र पावरपोइन्ट प्रतियोगिताको कुलिनरी विधामा भरतपुर–१० को इडन गार्डेन माध्यमिक विद्यालय पहिलो भएको छ ।
दोस्रो चरणमा प्रवेश गरेका विभिन्न आठ वटा शैक्षिक संस्थाले बिहीबार भएको फाइनलमा चिकेन मिटबल विथ टोमाटो सस बनाएका उहाँले बताउनुभयो । भरतपुरको क्षेत्रपुरमा रहेको कलेजले फागुन ९ र १० गते नवलपुर र चितवनका कलेजमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीबीच प्रतिस्पर्धा गराएको थियो ।
यसैबीच, प्रतियोगिताको पावरपोइन्ट विधामा अक्सफोर्ड कलेज पहिलो भएको छ । पावरपोइन्टतर्फ पहिलो भएको अक्सफोर्डले पनि रु १५ हजार पुरस्कार प्राप्त गर्न सफल भएको कलेजका प्रिन्सिपल हरिशरण पाठकले जानकारी दिनुभयो । सो प्रतियोगितामा दोस्रो हुँदै न्यू क्यापिटल कलेजले १० हजार रुपैयाँ र तेस्रो हुँदै लिटिल फ्लावर स्कुलले पाँच हजार रुपैयाँ पुरस्कार जितेको छ ।
नवलपुर र चितवनका कलेजमा कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान अध्ययन हुने १८ वटा शैक्षिक संस्थाबाट विद्यार्थीहरुको सहभागिता रहेको पाठकलले बताउनुभयो । पावरपोइन्ट प्रिजेन्टेसनतर्फ विद्यार्थीहरुले साइबर सेक्युरिटी अन्तरगत रहेर पावरपोइन्ट बनाइ प्रतिस्पर्धा गरेका उहाँको भनाइ छ ।




















Discussion about this post