यूएईबाट आएका टर्किस नागरिक भारतीय रुपैयाँसहित पक्राउ

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
arrested-police
फाइल तस्विर

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्किस नागरिकलाई पक्राउ गरेको छ ।

विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोख्रेलका अनुसार, बिहीबार बिहान साढे ११ बजे यूएईको सारजहाबाट आएका अब्दुला मियाँको साथबाट ५ सय दरको अवैध भारतीय मुद्रा बरामद भएकाले उनले बताए ।

बुधबार पनि झण्डै एक करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई शम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित