चितवन सहित २५ जिल्लाका प्रहरी प्रमुख फेरिए

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
905x525-moha
फाइल तस्विर

प्रहरी प्रधान कार्यालयले ७८ जना एसपीको सरुवा गरेको छ । सरुवामा २५ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

जसअनुसार झापामा मिलन केसी, मोरङमा नवराज कार्की, धनकुटामा विमल बस्नेत, सिरहामा सन्तोष आचार्य, महोत्तरीमा श्याम कुमार राई, सर्लाहीमा दयानिधी ज्ञवाली, चितवनमा भावेस रिमाल र पर्सामा कुमोद ढुंगेलको सरुवा भएको छ ।

सिन्धुलीमा विनोद शर्मा, काभ्रेमा वसुन्धारा खड्का, सिन्धुपाल्चोकमा सन्तोष खड्का, धादिङमा गौतम केसी, तनहुँमा अपिलराज बोहरा, गोरखामा बासुदेव पाठक, स्याङ्जामा शालिकराज शर्माको सरुवा भएको छ ।

बाग्लुङमा ऋषिराम कँडेल, गुल्मीमा राजन भुजेल, पाल्पामा नरेन्द्र चन्द तथा रुपन्देहीमा रंजितसिंह राठौरको सरुवा भएको छ । कैलालीमा पदम बहादुर बिष्ट, बर्दियामा प्रविण धिताल, सुर्खेतमा रुपेश खड्का तथा कञ्चनपुरमा चक्रराज जोशी र डोटीमा विष्णुहरी कोइरालालाई प्रहरी प्रमुख बनाइएको छ ।

प्रहरी प्रधान कार्यालयले डिएसपी प्रमुख हुने जिल्लाका प्रहरी प्रमुख पनि हेरफेरको तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित