आज विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्ने दिन

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
saraswati_puja_20200130113939
फाइल तस्विर

काठमाडौं । आज माघ शुक्ल पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्ने दिन । आजको दिनमा विशेष गरि विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकारहरुले देवी सरस्वतीको पूजा गर्दैछन् ।

श्रीपञ्चमी, बसन्तपञ्चमी पनि भनिने आजको दिनमा बालबालिकालाई अक्षर चिनाउन शुरु गर्ने पनि गरिन्छ ।

सृष्टिकर्ता ब्रह्माले आफ्नो शरीरको आधा भाग (मुख)बाट सरस्वतीको उत्पत्ति गरेको पुराणमा उल्लेख छ । मुखबाट उत्पत्ति भएको हुनाले सरस्वतीलाई वाणीकी देवी (वाक् देवी) पनि भनिएको हो ।

आजको दिन काठमाडौं‍ उपत्यकामा स्वयम्भू, मैतीदेवी र गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले र भक्तपुरको सरस्वतीखेल आदि स्थानका सरस्वतीको मन्दिरमा पूजा गर्नेको भीड लाग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित