विप्लव माओवादीले भरतपुरमा ग्यास सिलिण्डर विस्फोट

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
421867518_3846373168932497_7611605276773022121_n
फाइल तस्विर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भरतपुरमा ग्यास सिलिण्डर विस्फोट गराएको छ ।

आज बिहान करिब १ः४५ बजेको समयमा भरतपुर महानगरपालिका–४ रामघाट नजिकै खुल्ला चौरमा नेकपा माओवादीले सिलिण्डर विस्फोट गराएको हो ।
घटना स्थलमा नेकपा माओवादीबाट सरकारलाई लिखित रुपमा बुझाएका मागहरु लेखेको पर्चा र ग्यास सिलिण्डरको टुक्राहरु जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

ग्यास सिलिण्डर विस्फोटबाट अन्य भौतिक तथा मानवीय क्षति नभएको उनले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा फेला परेको पर्चामा नेकपाले सरकारलाई बुझाएका ३३ बुँदे मागहरु उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित